सदस्य सचिबद्वारा जयपुर जाने एसकेडियुएन टोलीलाई बिदाई

मित्र राष्ट्र भारतको जयपुरमा आयोजना हुने आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली सोतोकान (एसकेडियुएन) का टोलीलाई बिहिबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा बिदाई गरे ।
टोलीलाई बिदाई गर्दै सदस्य सचिव घिसिङले उच्च मनोबलका साथ राष्ट्रलाई सम्झदै प्रतिस्पर्धा गर्न र राष्ट्रको लागि पदक प्राप्त गर्न शुभकामना ब्यक्त गरे ।
जयपुर जाने टोलीमा एक ब्यवस्थापक, ७ महिला र ९ पुरुष गरि १६ खेलाडी, ४ रेफ्रि र एक अफिसियल गरि २३ सदस्य रहेका छन् ।
टोली भोली शुक्रबार विहान त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया