सदस्य–सचिवद्वारा सम्पर्क कार्यालयको उद्घाटन

काठमाडौं, कात्तिक १८ गते ।
सातौं राष्ट्रिय खेलकुद सचिवालयको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले कार्यालयको बिहीबार औपचारिक उद्घाटन गरे ।
विराटनगरको वीरेन्द्र सभागृहमा कार्यालय स्थापना गरिएको हो । सम्पर्क कार्यालयको प्रमुखमा वरिष्ठ अधिकृत लवभक्त श्रेष्ठलाई तोकिएको छ । श्रेष्ठका अनुसार हाल कार्यालयमा ८ जना कर्मचारी छन् । सभागृहमै सदस्य–सचिव विष्टको कार्यकक्ष पनि व्यवस्था गरिएको छ ।
सम्पर्क कार्यालयले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद सम्बन्धी सम्पूर्ण कामको समन्वयकर्ताको भूमिका निर्वाह गर्ने श्रेष्ठले बताए ।
सातौंका लागि केन्द्रबाट हुने विभिन्न गतिविधि र निर्देशनका विषयमा सम्पर्क कार्यालयले सरोकार निकायलाई जानकारी गराउनेलगायतका काम गर्नेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया