सदस्य सचिवलाई खेलाडी संघको ध्यानाकर्षण पत्र


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडी हकहितका बारेमा नव नियुक्त सदस्य सचिव टंकलाल घिसिङ्गलाई सोमबार ध्यानाकर्षण तथा सुझाव पत्र बुझाएका छन् ।
सदस्य सचिवको कार्यकक्षमा भएको कार्यक्रममा संघका अध्यक्ष दीपक श्रेष्ठले विगतदेखि राज्यबाट भईरहको सहयोगमा आएको रुकावट, सम्झौता बमोजिम हुनु पर्ने कार्यहरु समयमानै नभएको तथा आगामी दिनमा खेलाडीहरुको हक अधिकार र सहयोगका लागि गर्नु पर्ने कार्यहरु समेटेर ध्यानाकर्षण तथा सुझाव पत्र बुझाएका हुन् ।
ध्यानकर्णण तथा सुझाव पत्र बुझ्दै सदस्य सचिव घिसिङ्गले आफुले खेलाडीहरुको हकहितका लागि सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा ओलम्पियन जितबहादुर के.सी., ओलम्पियन दीपक बिष्ट लगायत खेलाडीहरुको उपस्थिती रहेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया