सफ्ट टेनिस टोली जापान प्रस्थान

आठौं एसियाली सफ्ट टेनिस च्याम्पियनसिपमा सहभागी हुन १८ सदस्यीय नेपाली टोली सोमबार जापानको चिबा प्रस्थान गरेको छ ।
पुरुष खेलाडीमा मनोज सुब्बा, कमलबहादुर भण्डारी, राजु पुटुवार नगरकोटी, कृष्णबहादुर राउत र अभिषेकअमन झा रहेका छन् । महिलामा चन्द्रमाया राई, प्रीति बराल, एलिजा रन्जित, जर्जिया चौधरी र कृपा शर्मा छन् । जापानमै बस्दै आएकी मेगा श्रेष्ठले पनि प्रतियोगितामा भाग लिने बताइएको छ ।
टोली नेतामा दीपक शाही, पुरुष प्रशिक्षकमा राजेशकुमार बोहरा, महिला प्रशिक्षकमा निरा कायश्थ, निर्णायकमा अन्तर्राष्ट्रिय निर्णायकद्वय आनन्दप्रसाद श्रेष्ठ र बेदकृष्ण श्रेष्ठ तथा अफिसियलमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने रहेका छन् ।
प्रतियोगिता दौरान हुने एसियाली सफट् टेनिस महासंघको बैठकमा भाग लिन नेपाल सफ्ट टेनिसका अध्यक्ष विनयविक्रम शाह र सह–कोषाध्यक्ष दुष्यन्त थापा पनि टोलीसंगै जापान प्रस्थान गरेका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया