सफ्ट टेनिस : प्रदेश नं. १ लाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसको स्वर्ण प्रदेश नं. १ ले जितेको छ ।

बिहीवार भएको फाइनल खेलमा प्रदेश नं. १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो ।

प्रतियोगिताअन्र्तगत पहिलो सेट नेपाल प्रहरीले डबल्समा प्रदेश नं. १ लाई ५–१ , दोस्रो सिंगल्स प्रदेश नं. १ ले नेपाल प्रहरीलाई ४–० तथा प्रदेश नं. १ ले डबल्समा ५–१ को सेटले नेपाल प्रहरी पराजित भएको हो ।

स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुमा प्रदेश नं १ का युकेश योञ्जन, अशिष बोहोरा, अशलेष ढकाल, आभाष बुढाथोकी र जयेन्द्रविक्रम राना छन् ।

त्यस्तै नेपाल प्रहरीका कमल भण्डारी, सुबोध अधिकारी, नौंबहादुर लङगेली, हरीबहादुर बस्नेत र भिमबहादुर थापा मगरको टिमले रजतमा चित्त बुझाउनु परेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया