सवै एक भएर राष्ट्रिय खेलकुद सम्पन्न गर्न आग्रह

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले सवै एक भएर राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न आग्रह गरेकाछन् ।
गण्डकी प्रदेशको पोखरामा यहि आश्विन २८ देखि कार्तिक ३ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय प्रतियोगताका लागि गठित विभिन्न उपसमितिका संयोजक तथा सचिवहरुको पोखरामा भएको बैठकलाई सम्बोधन गर्ने क्रममा सदस्य सचिव घिसिङले उक्त आग्रह गरेका हुन् । विभिन्न उपसमितिका कार्यहरुको प्रगती विवरणको जानकारी लिने क्रममा आयोजना गरिएको बैठकमा सदस्य सचिव घिसिङले सवैको सहयोग र सहकार्यले मात्र राष्ट्रिय प्रतियोगिता सफल हुने बताए ।
विविध कारणले भौतिक रुपमा बैठकमा उपस्थित हुन नसकेका उपसमितिका संयोजक र सचिवहरुका लागि जुम मार्फत बैठकमा सहभागिता जनाउन सहज गरिएको बैठकमा सवैले आआफ्नो कार्यको प्रगती विवरण प्रस्तुत गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया