सिबानी चेस सुरु

ललीतपुर जिल्ला खेलकुद विकास समिती र ललीतपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा आइतबार देखि सीबानी एयर रेटिङ्ग चेस प्रतियोगिता सुरु भयो । पहिलो दिन भएको खेलमा काठमाडौंका रिजेन्द« राज भण्डारी, रुकुमका सुबोधराज श्रीपाली,भक्तपुरका गणेश मान दुवाल, ललीतपुरका सजिन मर्हजन र रबिन्द« शाक्य, थापाथली चेस पार्कका सुमन राइ, ुसमित पन्त ,आशिष फुयाँल र कमल श्रेष्ठले जित हात पारेका छन् ।
ललितपुर जिल्ला खेलकुद विकास समितीको सभा हलमा जारी प्रतियोगितामा काठमाडौंका सुजेन्द« प्रसाद श्रेष्ठ, राजेन्द« प्रसाद श्रेष्ठ र सीन्दिरा जोशी, धनकुटाकी अस्मिता अधीकारी, कैलालीका दिर्घराज जोशी, ताप्लेजुंगका भवानी लीम्बुले जित हात पारे ।
यस अघि ललीतपुर जिल्ला खेलकुद विकास समितीका अध्यक्ष हेराकाजी मर्हजनको सभापतीत्वमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्ट र ललीतपुर उप महानगरपालीकाका कार्यकारी अधीकृत भरतमणी पाण्डेले प्रतियोगिताको उद्घाटन गरे । ४० जिल्लाका ७० खेलाडीको सहभागिता रहेको प्रतियोगिता ८ भदौसम्म चल्ने छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया