सेनाको दुवै टोलीलाई सफलता

नेपाली सेनाको पुरुष तथा महिला दुवै टिमलाई सफलता हात लागेको छ । नवौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ह्याण्डबल प्रतियोगिताको पहिलो दिन सेनाको पुरुष टिमले बामती प्रदेशलाई ४३–८ को ठुलो अन्तरले पराजित गरेको । सेनाको जितमा आकास अधिकारीको ८ गोल रह्यो । यस्तै सेनाले महिला तर्फ पनि जित निकाल्न सफल भयो । शान्तिकला राईको १४ गोलको सहयोगले सेनाले मधेस प्रदेशलाई ४६–२ ले पराजित गरेको हो ।
पोखरा बहुउद्धेश्यि कभर्डहलमा भएको प्रतियोगिताको अन्य खेलमा पुरुष तर्फ गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलले पनि जित निकाले । गण्डकीले चन्द्र के.सी.को १० गोल मद्धतले मधेस प्रदेशलाई ६६–१३ र सशस्त्र प्रहरीले सन्दिप कार्कीको ९ गोल मद्धतले लुम्बिनी प्रदेशलाई ३६–१३ गोलले पराजित गरेको हो । लुम्बिनीका सरण थापाले ९ गोल गरेता पनि आफ्नो टिमलाई जितको स्वाद दिलाउन सकेनन् ।
महिला तर्फ प्रदेश नं. १ ले कर्णाली प्रदेशलाई २६–२ गोलले पराजित गरे । प्रदेश १ की उसल राईले ९ गोल गरिन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया