स्नुकरमा नकआउट चरण सम्पन्न

काठमाडौं, १२  चैत । बंगलादेशको ढाकामा हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट प्रतियोगिताअन्तर्गत नकआउट चरणका खेल मंगलबार सम्पन्न भएको छ ।

 नकआउटको दोश्रो तथा अन्तिम दिन चार खेल भए । राजन लामाले अमिर श्रेष्ठलाई ५–१, सोम लामाले वान्छेन छापलाई ५–१, दीपक मगरले आयुश गौतमलाई ५–० र फुरी शेर्पाले विकास श्रेष्ठलाई ५–४ को फ्रेममा पराजित गरे ।

पहिलो दिनको नकआउटमा रेगन श्रेष्ठ, सुजेन शाही, विकेश राई र अमन कार्कीले जित हात पारेका थिए । बुधबारदेखि नकआउटमा जित हात पार्ने खेलाडी दुई समूह रहेर लिग खेल्नेछन् ।

समूह ‘ए’ मा राजन, विकेश, सुजेन र रेगन तथा समूह ‘बी’ मा दीपक, सोम, फुरी र अमन रहेका छन् । समूहमा शीर्ष स्थान हात पार्ने खेलाडीले जुलाई २१ देखि २७ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *