लेखा तथा प्रशासन तालिम सम्पन्न

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा लेखा तथा प्रशासन तालिम आइतबार त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सम्पन्न भएको छ ।
तीनदिने तालिममा केन्द्र, प्रदेश र जिल्लाका १ सय कर्मचारी सहभागी थिए । सहभागीलाई डा। दामोदर रेग्मी, सुरेश प्रधान, शंकर पन्थी, भेषराज भुर्तेल, चन्द्रप्रसाद भुसाल, नन्दकिशोर शर्मा र पासाङ फिन्जी शेर्पाले प्रशिक्षण दिएका थिए ।
सहभागीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गर्दै आफूले सिकेका ज्ञानलाई व्यहारमा उतार्नु पर्नेमा जोड दिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया