विष्टको संयोजकत्वमा मस्यौदा समिति

काठमाडौं, साउन १६ गते ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा ३ सदस्यीय आर्थिक विनियम मस्यौदा समिति गठन गरिएको छ ।
समितिका सदस्यमा आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा र खेलकुद विकास विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् । विष्ट नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया