• मन्त्री मनाङ्गेको भनाईप्रति राखेपको भत्सर्ना

      ३१ जेष्ठ २०७८, सोमबार १६:३०        राखेप

    प्रेस विज्ञप्तिगण्डकी अन्लाइन न्युज टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा गण्डकी प्रदेश सांसद एवं नवनियुक्त भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङज्यू बाट अभिव्यक्त भएको अराजक एवं अशिष्ट भनाइबाट राष्ट्रिय खेलकुद परिषद् स्तब्ध भएको छ ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालज्यू तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङज्यूको नाम लिएर अत्यन्त अमर्यादित अशोभनिय लाल्छनायुक्त एवं घोर निन्दनीय अभिव्यक्ति सार्वजनिक

  • कर्मचारी संघद्वारा कोभिड सम्वन्धि भर्चुअल कार्यक्रम आयोजना

      २१ जेष्ठ २०७८, शुक्रबार १९:२५        राखेप

    राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले कोभिड १९ को कारण खेलकुद क्षेत्रमा देखिएको प्रभाव र कोभिडका विच खेलक्षेत्रको सक्रियताका बारेमा भर्चुअल कार्यक्रमको आयोजना गरेको थियो । कोभिड १९, त्यसको प्रभाव, सुरक्षाको उपाय, र खेलक्षेत्रलाई चलायमान गर्ने सम्वन्धमा के कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारेमा मुख्य बक्ता राखेपका पूर्व चिकित्सक अजय समशेर जंगबहादुर राणाले कार्यक्रममा सहभागी सवैलाई

  • एनएसजेएफलाई राखेपको सहयोग

      २७ बैशाख २०७८, सोमबार १४:१८        राखेप

    काठमाडौं, बैशाख २७ गते ।राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० लाई सहयोग स्वरुप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ ।कोरोना भाइरस ९कोभिड– १९० को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निशेधाज्ञामा पनि सञ्चारकर्मीले अग्रपंक्तिमाा रहेर काम गर्नु पर्ने अवस्थालाई मध्यनजर गरी राखेपले स्वास्थ्य सामग्री एनएसजेएफलाई सहयोग स्वरुप प्रदान गरेको हो ।राखेपका

  • सदस्य–सचिव सिलवाल, थापा र संगिना विभूषित

      १ बैशाख २०७८, बुधबार १७:५७        राखेप

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार विभूषित भएका छन् ।खेल क्षेत्रबाट विभूषित उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित एक विशेष समारोहबीच पदक प्रदान गरिन् । सदस्य–सचिव सिलवाल सुप्रबल जनसेवाश्री तृतीय श्रेणी तथा थापा र संगिना

  • लेखा अधिकृत शाहको निधन

      १६ चैत्र २०७७, सोमबार १७:५७        राखेप

    काठमाडौं, चैत १६ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका लेखा अधिकृत विकासविक्रम शाहको आइतबार निधन भएको छ । ४५ वर्षे शाहको हृदयघातका कारण निधन भएको हो ।शाहको निधनको शोकमा आइतबारै राखेप हातामा श्रद्धाञ्जली सभा राखिएको थियो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्यहरु रिम रानाभाट, सुभाष श्रेष्ठ, हरि खड्का, सम्पन्न श्रेष्ठ, रेणुका

  • बस्नेतको बिदाइ

      २ चैत्र २०७७, सोमबार २०:३३        राखेप

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतलाई सोमबार बिदाइ गरिएको छ । उमेर हद (५८ वर्ष) का कारण बस्नेतले मंगलबारदेखि अनिवार्य अवकास पाउदै छन् । २०५३ साल असोज ४ गते राखेपमा अधिकृत तृतीयमा सेवा प्रवेश गरेका बस्नेत अधिकृत द्वितीयबाट अवकास हुन लागेका हुन् । करिब २५ वर्षको सेवा अवधिमा बस्नेतले कर्मचारी

  • प्रारम्भिक मस्यौदा बुझाइयो

      २ चैत्र २०७७, सोमबार २०:३१        राखेप

    राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५४ ले दिएको अधिकार बमोजिम राष्ट्रिय खेलकुद विकास नियमावली २०७७ को प्रारम्भिक मस्यौदा बुझाइएको छ । युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख भक्तबहादुर ढकालको संयोजकत्वमा विज्ञ रिमबहादुर रानाभाट, खेलकुद शाखाका उपसचिव प्रेमराज खरेल, आर्थिक महाशाखाका उपसचिव रामप्रसाद विडारी, कानून न्याय संसदीय मन्त्रालयका उपसचिव शारदा राउत, राष्ट्रिय खेलकुद

  • राखेपद्धारा दुई पूर्वाधार निर्माणका लागि सम्झौता

      ३ फाल्गुन २०७७, सोमबार १७:३५        राखेप

    राष्ट्रिय खेलकुद परिषद्ले थप दुई पूर्वाधार निर्माण गर्ने सम्बन्धमा स्थानिय उपभोक्ता समितिसँग सम्झौता गरेको छ । गण्डकी प्रदेश स्तरिया खेलकुद अभिमुखीकरण कार्यक्रमका दौरान राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र लामाचौर खेलमैदान उपभोक्ता समितिका सचिव बुद्धिवहादुर खत्रीबीच सम्झौता भएको छ । पोखराको लामाचौरमा निर्माणधिन कर्भहलको भिआईपी प्याराफिटको वाल निमार्णका लागि राखेपले १० लाख उपलब्ध गराउने भएको

  • खेलकुद अभिमुखीकरण सम्पन्न

      ३ फाल्गुन २०७७, सोमबार १७:३०        राखेप

    खेलकुद अभिमुखीकरण सम्पन्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गण्डकी प्रदेशको खेलकुद अभिमुखीकरण कार्यक्रम पोखरामा सोमबार सम्पन्न भएको छ । यससंगै सातै प्रदेशमा खेलकुद अभिमुखीकरण सम्पन्न भएको छ । प्रदेशस्तरीय कार्यक्रमका सहभागीलाई राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे । कार्यक्रमकै दौरान भेट्रान खेलाडीहरुसंग अन्तरक्रिया कार्यक्रम पनि भएको थियो । उक्त अवसर