• ब्याडमिन्टन नेतृत्वमा रामजी

      ६ जेष्ठ २०७३, बिहीबार ०६:४९        राखेप

    तीनपटकका सिनियर÷जुनियर पूर्व ब्याडमिन्टन राष्ट्रिय च्याम्पियन रामजीबहादुर श्रेष्ठ नेपाल ब्याडमिन्टन संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न ब्याडमिन्टन संघको पाँचौं साधारणसभाले अध्यक्षसहित २८ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन ग¥यो । आठ उपाध्यक्षमा नरेशबहादुर सिंह, विश्वेस श्रेष्ठ, सुवास श्रेष्ठ, चन्द्रशेखर लामा, ध्रुव महर्जन, गोविन्दबहादुर स्वार, मिनबहादुर केसी तथा राजेन्द्रमान श्रेष्ठ रहेका छन् ।